×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्त वित्तीय संस्थाद्वारा आगलागीबाट प्रभावित भएका सदस्यहरुलाई राहत प्रदान

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मिर्मिरे लघुवित्त वित्तीय संस्थाद्वारा आगलागीबाट प्रभावित भएका सदस्यहरुलाई राहत प्रदान

२६ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
नरैनापुर । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मटेहियाको कार्यक्षेत्र अन्तर्गतको नरैनापुर गाउपलिका वडा नं. ४ खोदवाटोलमा मिति चैत्र २१ गते भएको अचानक भिषण आगलागीबाट प्रभावित भै मर्माहत हुन पुगेका सेवाग्राही सदस्यहरुलाई वित्तीय संस्थाले राहत प्रदान गरेको छ । 
चैत्र २५ गते सम्पन्न उक्त राहत वितरण कार्यक्रममा संस्थाका संचाक समिति अध्यक्ष टेक बहादुरको समुपस्थितिमा नरैनापुर-५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्य, वित्तीय संस्थाका तालिम तथा सामाजिक बिकास बिभाग प्रमूख विकल काफ्ले, बौनिया क्षेत्रीय कार्यालयका वेद प्रसाद आचार्य, पदम बहादुर खड्का लगायत शाखा कार्यालय मटेहियाका कर्मचारीहरु सहित पिडितमध्ये संस्थाका सेवाग्राही सदस्यका रुपमा आवद्द घरपरिवारलाई जनही २ हजार र ऋणी सदस्यहरु लाई जनही ५ हजारका दरले प्रारम्भिक चरणको राहत बितरण गरेको हो । 
२१ गते मध्यान्हमा शुरु भएको अचानक आगलागीले खोदवाटोलका १२५ घरधुरी जलेर नष्ट भएका छन् ।  घर जलेसंगै पीडितका खाद्यान्न लत्ताकपडा भाडाकुडा जिन्सीसामान सम्पूर्ण चिजहरु गुमाउनुपरेको पिडामा छट्पटिदै खुल्ला आकासमुनि बस्न बाध्य भएका पिडितहरुले सहयोगको ठुलो अपेक्षा गरिरहेका छन् । वित्तीय संस्थाले गरेको राहत वितरण कार्यक्रममा सदस्यहरुसंग छलफलको दौरान बोल्दै सस्थाका अध्यक्ष बोहराले संस्थाको तर्फबाट सेवाग्राहीलाई पिडा परेको बेला तुरुन्त समयमै आफ्ना सदस्यको आशु पुछ्न मिर्मिरे सदैव तत्पर रहेको बताउनु भएको थियो ।
कार्यक्रमा बोल्दै वडाध्यक्ष मौर्यले समयमै राहत उपलब्ध गराएकोमा मिर्मिरे लघुवित्तप्रति आभार ब्यक्त गर्दै यस अघि वित्तीय संस्थाले त्यस शाखा अन्तरर्गत सम्पन्न गरेको बृहद स्वास्थ्य शिविर कार्यक्रमकोसमेत स्मरण गर्दै आफ्ना गाउलेहरुको पिडामा मलमपट्टि लगाउन मिर्मिरेका संचालक अध्यक्ष स्वयं आएकोमा कृतज्ञता समेत ब्यक्त गरे ।
वित्तीय संस्थाको नरैनापुर स्थित शाखा कार्यालय बाके जिल्लाको राप्ति पारीको क्षेत्रकै पहिलो वित्तीय संस्थाको रुपमा २०७४ पौष सालमा स्थापना भएको थियो । उक्त शाखा कार्यालयले स्थानीय लक्षित सेवाग्राही बिपन्नवर्ग समुदायको ८७० घरधुरीमा प्रत्यक्ष लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाका क्षेत्रीय प्रबन्धक वेद प्रसाद आचार्यले अन्य संघ संस्था, दातृ निकाय तथा सरकारी निकायहरुलाई आगलागी पिडित परिवारलाई छिटोभन्दा छिटो सहयोग गर्न अपिल गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: