
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–८ गुलरा चोकमा राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का करिब २५ जना छात्र, छात्राहरुको सहभागितामा ट्राफिक नियमका साथै सडक प्रयोग गर्दा अपनाउनु पर्ने कुराहरुको बारेमा ब्यबहारिक ज्ञान सम्बन्धि १ दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरी कार्यालय लम्कीका प्रमुख प्र.ना.नि.शोभान सिंह कार्की सहितको टोलीले ल.चु.न.पा.८ गुलरा चोकमा ट्राफिक जनचेतनामुलक पर्चा पम्पलेट वितरण गर्नुका साथै विद्यार्थीहरुले सवारी चालकहरुलाई सवारीको गति सिमित, सिट बेल्टको प्रयोग, सवारी प्रयोग गर्नु अघि सवारीको कागजात चेकजाँच गर्ने, क्षमता भन्दा बढि यात्रु नबोक्ने लगाएत विषयमा जनचेतना प्रदान गरेका थिए ।
कार्यक्रममा सहभागि छात्र, छात्राहरुले ट्राफिक नियमका बारेमा ब्यबहारिक ज्ञान पाएकोमा खुशि लागेको बताउदै सिक्ने अबसर प्रदान गरेको मिर्मिरे लघुवित्तलाई धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रममा वित्तीय संस्थाका तालिम तथा सामाजिक बिकास विभाग प्रमुख बिकल काफ्ले, अनुगमन अधिकृत शुरेस खड्का, बौनिया शाखा प्रबन्धक चक्र बहादुर बि.क लगाएतको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्