Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारमा अत्यास लाग्दो ‘प्यानिस सेल’, प्राविधिक विश्लेषक भन्छन् ‘आत्तिनै पर्ने अवस्था भयो’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा ‘प्यानिस सेल’ देखिएको छ । आइतबारको तुलनामा नेप्से ६५.५८ अंकले घटेर २५०६.६१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज  २२० कम्पनीको १ करोड २९ लाख ११ हजार ७२१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ५९ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार अपर तामाकोशीको भएको छ । यस कम्पनीको ३१ करोड ७४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: निफ्रा र नेपाल पुनर्बीमा कम्पनीको भएको छ । आज पनि १३ वटै समूह घटेका छन् । 
यस्तै आज सबैभन्दा धेरै बिशाल बजारका लगानीकर्ताले कमाएका छन् भने रिलाइन्स फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यता प्रविशिक विश्लेषकले भने नेप्से २५३५ बिन्दु भन्दा तल झर्दा लगानीकर्ता आत्तिनु पर्ने अवस्था रहेको बताएका छन् । अर्थ सरोकारको मार्केट टकको कार्यकर्म मार्फत उनले यस्तो बताएका हुन् । 
बाँकी भिडियोमा  हेर्नुहोस् :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK