×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धुम्बाराहीस्थित तरकारी बजारमा नबिल बैंकद्वारा क्यूआर कोड वितरण, ग्राहक र व्यापारीलाई भुक्तानीमा सहज ! (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नबिल बैंकले काठमाडौंको धुम्बाराहीस्थित तरकारी बजारमा क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ । बैंकले मंगलबार एक कार्यक्रम आयोजना गरी धुम्बाराही तरकारी बजारमा क्यूआर कोड मार्फत भुक्तानी सेवा शुरु गरेको हो । बैंकले नगदरहित भुक्तानी सेवालाई विस्तार गर्ने अभियान अनुरुप उक्त तरकारी बजारमा क्यूआरकोड भुक्तानी सेवा शुरु गरेको हो । सो अवसरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले क्यूआर कोडको प्रयोगले डिजिटल प्रविधिमा आधारीत कारोबारमा मानिसहरुलाई सहज पु¥याउने बताउनुभयो ।
कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले देशै भर सानो सानो पसलमा क्यूआर कोड मार्फत नगदरहित कारोबार गराउने अभियानमा बैैंक लागेको बताउनुभयो । अहिले क्यूआर कोडका कारण बैंकिङ कारोबार बढेको र कहिल्यै पनि बैंक खाता नखोलेका मानिसले पनि बैंक खाता खोली कारोबार गर्न थालेको उहाँले बताउनुभयो ।
क्यूआर कोडबाट रकम भुक्तानी लिदा कुनैपनि सेवा शुल्क नलाग्ने भएकाले यसको प्रचलन बढ्दै गएको छ । यस्तै नगदरहीत कारोबार बढाउने नेपाल राष्ट्र बैंकको अभियानलाई पनि क्यूआर कोड मार्फत हुने कारोबारले सघाउ पुग्ने विश्वास बैंकले लिएको छ । धुम्बाराही तरकारी बजारमा थोक र खुद्रा गरी दुई सय पसल रहेका छन् । बैंकले अहिले ५० वटा पसलमा व्यवसायिक क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ । बाँकी पसललाई पनि छिट्टै क्यूआर कोड प्रदान गरिने बैंकले बताएको छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: