×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा जेठ ७ गते, सेयर स्वामित्व परिवर्तन गर्ने मुख्य एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा जेठ ७ गते, सेयर स्वामित्व परिवर्तन गर्ने मुख्य एजेन्डा

१७ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारणसभा जेठ ७ गते हुने भएको छ । कम्पनीको साधारणसभा रानीबन पार्टी ल्यालेस एन्ड रेष्टुरेन्ट नागार्जुनमा बिहान ११ बजे जुममार्फत हुने भएको हो । कम्पनीले सभामा हाल कायम रहेको सेयर स्वामित्व परिमार्जन गरी अब ५१ः४९ बनाउने प्रस्ताव पनि पेस गर्ने भएको छ ।
कम्पनीले लाभांश वितरण सम्बन्धी एजेन्डा भने राखेको छैन । यस्तै नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुनेछ । यता डिप्रोक्स लघुवित्तले नाडेपलाई एक्वायर गर्ने तयारी गरेको छ । दुवै कम्पनीबीच एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भईसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी