- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको ८० हजार कित्ता संस्थापक समूहको सेयर बिक्री खुला भएको छ । कम्पनीको आज मंगलबारदेखि ८० हजार कित्ता संस्थापक समूहको सेयर बिक्री खुला भएको हो । प्रतिकित्ता न्यूनतम मूल्य १६०० रुपैयाँको दरमा सो सेयर आवेदन दिने सकिनेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् भने जेठ ३ गतेभित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा पुग्नेगरी आवेदन दिनु पर्नेछ ।