Skip to content
LAXMI SUNRISE BANK

नेसनल माइक्रोफाइनान्सले ८० हजार कित्ता संस्थापक समूहको सेयर चैत ३१ गतेबाट लिलामीमा ल्याउँदै, न्यूनतम मूल्य कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले चैत ३१ गतेबाट संस्थापक समूहको सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले ८० हजार कित्ता संस्थापक समूहको सेयर चैत ३१ गतेबाट बिक्री खुला गर्ने भएको हो । सो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् 
कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १६०० रुपैयाँलाई लगानीकर्ताले न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा जेठ ३ गतेभित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK