×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसीसी बैंक र काभ्रेको आगन्तुक रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई विभिन्न सेवाहरुमा विशेष छुट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । एनसीसी बैंक र काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टबीच विभिन्न आकर्षक छुट सुविधा प्याकेजहरुमा सम्झौता भएको छ । बैंक र रिसोर्टबीच एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्गका ग्राहक र बैंकका कर्मचारीहरुलाई रिसोर्टमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको हो ।
यस सम्झाैता अनुसार बैंकका ग्राहकलाई रिसोर्टले फुड एण्ड बेभरेजमा १५ प्रतिशत, स्वीमिङ पुलमा १० प्रतिशत, हेल्थ क्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौना जाकुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरि कुल १२८ शाखा संचालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर संचालित छन् । यस्तै देशभर जम्मा १०७ वटा एटिएम सञ्चालन गरी बैँकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: