×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बङ्गलादेश बैंकद्वारा दुर्घटना बीमा बापतको १५ लाख रुपैयाँ दाबी भुक्तानी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल बङ्गलादेश बैंकद्वारा दुर्घटना बीमा बापतको १५ लाख रुपैयाँ दाबी भुक्तानी

१ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले कर्मचारी बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम १५ लाख रुपैयाँ ग्राहक स्व. भोज बहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई प्रदान गरेको छ । स्व. भोज बहादुर बस्नेतले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको श्रमीक भई काम गर्दा नेपाल बंगलादेश बैंक बाह«बिसे शाखामा खाता खोली कारोबार गर्दै आएका थिए ।
उक्त १५ लाख रुपैयाँको चेक नेपाल बंगलादेश बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले स्व. भोज बहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई एक समारोहबीच हस्तान्तरण गरेका हुन् । यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि ठूलो राहत पुग्ने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ सुविधा प्रदान गर्ने कुरा बैंकले जानकारी गराएको छ । हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: