×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको वितरणयोग्य नाफा १ अर्ब ४७ करोड ४६ लाख रुपैंयाँ, प्रतिसेयर आम्दानी र खुद नाफा कति ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

नेपाल बैंकको वितरणयोग्य नाफा १ अर्ब ४७ करोड ४६ लाख रुपैंयाँ, प्रतिसेयर आम्दानी र खुद नाफा कति ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब २६ करोड २२ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकको यो नाफा गत वर्षको तुलनामा १३.३०% ले धेरै हो । गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ९९ करोड ६५ लाख ८३ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
वित्तीय विवरण अनुसार चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४७ करोड ४६ लाख ५२ हजार रुपैयाँ छ । बैंकको खुद ब्याज आम्दानी ११.७५% ले बढेर ४ अर्ब ७१ करोड ४० लाख ६८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ४ अर्ब २१ करोड ८२ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यता बैंकले सञ्चालन नाफा पनि २९.३२% ले बढाएर ३ अर्ब ४३ करोड ९३ लाख ३६ हजार रुपैयाँ पुर्याएको छ । चैत मसान्तसम्म आइपुग्दा नेपाल बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ २७० रुपैयाँ २२ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: