
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । कतारी रियाल नोट चलनचल्तीबाट हटाइने भएको छ । आगामी जुलाई १ बाट कतारी रियाल बैंक नोटहरु चलनचल्तीबाट हटाइने भएको हो । कतारको केन्द्रीय बैंकले निष्कासन गरेको हाल चलनचल्तीमा रहेका चौथो संस्कारका कतारी रियाल बैंक नोट हटाउने भएको छ । कतारी केन्द्रीय बैंकको सोही निर्णय अनुसार नेपाल राष्ट्र बैंकले आफूसँग भएका त्यस्ता नोटहरु यही वैशाख २७ गतेभित्र सटही गर्न सबैलाई आग्रह गरेको छ ।
उक्त नोटहरु प्रचलित व्यवस्था बमोजिम केन्द्रीय बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने केन्द्रीय बैंकका प्रदेशस्थित कार्यालयहरु, विदेशी विनियमको कारोबार गर्न केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था वा परिवर्त्य विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र प्राप्त मनिचेन्जहरुबाट सटही गर्न सक्नेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्