×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राताम्मे भयो सेयर बजार, कारोबार रकममा भने उत्साह !

PRIME CA

राताम्मे भयो सेयर बजार, कारोबार रकममा भने उत्साह !

१२ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से राताम्मे भएको छ । बिहिबारको तुलनामा नेप्से ७५.७९ अंकले घटेर २५७२.२२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१५ कम्पनीको १ करोड ४६ लाख ९० हजार७२० कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब २८ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार निफ्राको भएको छ । यस कम्पनीको ३९ करोड ५२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: ज्योति लाइफ इन्स्योरेन्स र अपर तामाकोशीको भएको छ । आज १३ वटै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै कुमारी बैंकको प्रमोटरका लगानीकर्ताले कमाएका छन् भने चन्द्रागिरी हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: