- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सोमबार कारोबार खुलेको कारोबार खुलेको आधा घन्टामै सेयर बजारमा पहिरो गएको छ । ११ बजेर ३७ मिनेटमा नेप्से ५५ भन्दा बढी अंकले घटेर नेप्से २५१७ बिन्दुमा कायम भएको छ । नेप्सेमा आइतबार पनि भारी अंकको गिरावट आएको थियो । आज पनि नेप्सेले लय लिन सकेको छैन ।
यता बजार यसरी घट्दा आम लगानीकर्ता भने आत्तिएका छन् । र प्राविधिक विश्लेषकले पनि बजारमा आएको गिरावटले आत्तिने बेला भएको बताए । यस अवधिमा १२ समूह राताम्मे छन् भने १ समूहमा मात्रै हरियाली छाएको छ ।