×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार झिनो अंकले बढ्दा ७ अर्ब २९ करोडमाथिको कारोबार, कुन कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सेयर बजार झिनो अंकले बढ्दा ७ अर्ब २९ करोडमाथिको कारोबार, कुन कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए ?

Artha Sarokar

२३ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से झिनो अंकले बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १.१३ अंकले बढेर २६५८.७४ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१२ कम्पनीको १ करोड ५८ लाख ५३ हजार ९९३ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब २९ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अपर तामाकोशीको भएको छ ।
यस कम्पनीको ३४ करोड ७५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: आईएमई जनरल इन्स्योरेन्स र निफ्राको भएको छ । आज ६ समूह बाहेकका अन्य समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै एनआईसी एसिया लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने गोर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी