×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दोस्रो लहरको कोरोना : २२ तस्विरमा हेर्नुहोस् नयाँ बसपार्कमा जे देखियो…(फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहिबार (१६ गते) बाट निषेधाज्ञा जारी हुने भएपछि उपत्यका छाड्नेको भिड बढेको छ । कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रण गर्न सरकारले निषेधाज्ञा जारी गरेपछि गंगबुस्थित नयाँ बसपार्क, कलंकी, बालाजु, कोटेश्वरलगायतका स्थानमा उपत्यका छाड्नेको आज बिहानैबाट सर्वसाधारणको भिड बढेको हो ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि जारी गरेको निषेधाज्ञालाई मन्त्रिपरिषद् बैठकले सो अवधिमा कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको छ । यता सरकारले निषेधाज्ञा जारी गर्नुपूर्व उपत्यकामा रहेका सर्वसाधारणलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिएको थियो । निर्णय अनुसार सर्वसाधारणले १५ र १६ गते उपत्यका छाड्न सक्नेछन् ।
पछिल्लो २४ घन्टामा मात्रै ५० हजार बढी सर्वसाधारण उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले जनाएको छ । यस्तै झन्डै ८ हजार गाडी आउट भएका छन् । टिकट काट्नेको संख्या पनि ह्वात्तै बढेको छ । उपत्यकामा संक्रमण दर बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । बाँकी फोटोमा :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: