Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकको नयाँ वर्षको योजना : डिजिटल भुक्तानीमा २०% सम्म छुट तथा नगद फिर्ता प्राप्त गर्न सकिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । यस आकर्षक योजनाअन्तर्गत Sastodeal, Gyapu Marketplace र Stopgrab बाट २०७८ वैशाख ३ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका ग्राहकहरूले ई–कमर्शमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू.१५०० सम्म नगद रकम फिर्ता (Cash Back) प्राप्त गर्न सक्नेछन् ।
साथै बैंकले Daraz सँग सहकार्य गर्दै ग्राहकहरूलाई ई–कमर्शमार्फत भुक्तानीमा २० प्रतिशत वा अधिकतम रू.१५०० सम्म छुटको योजनासमेत ल्याएको छ । नेपालमा अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाकाबीच नयाँ वर्षका बेला अझ वृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट तथा नगद फिर्ताको व्यवस्था गरेको हो । यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको iServe मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् । 
यस्तै बैंकले Kathmandu Marriott Hotel र Drishya Lounge मा New Year Eve को दिन सेवा लिई यस बैंकको कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने योजना समेत ल्याएको छ । बैंकले म्युजिक नेपालसँग सहकार्य गरी MOMO App मार्फत NICASIA2078 कुपन कोड प्रयोग गरी आफ्नो ग्राहकहरूको लागि निःशुल्क रुपमा एक महिनाको लागि Subscription हुने गरी विभिन्न लोकप्रिय गीत तथा संगीत सुन्न तथा चलचित्र हेर्न सकिने व्यवस्था गरेको छ । बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK