×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको १ लाख ५ हजार ८६६ कित्ता संस्थापक सेयर बिक्री खुला, कहिलेसम्म पाइन्छ भर्न ?

GLOBAL IME BANK

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको १ लाख ५ हजार ८६६ कित्ता संस्थापक सेयर बिक्री खुला, कहिलेसम्म पाइन्छ भर्न ?

२३ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकले आज सोमबारदेखि आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले नेसनल लाइफ इन्स्योरेन्सको ५५ हजार ८६६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता गरी कुल १ लाख ५ हजार ८६६ कित्ता संस्थापक सेयर आजबाट लिलामीमा बिक्री खुला गरेको हो । यसमा चैत ३१ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
दुवै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ । लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १५ सय २९ रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्समा न्यूनतम ४६६ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: