×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको ९७ हजार ७०६ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन, कहाँबाट भर्ने ?

PRIME CA

एनआइसी एसिया बैंकको ९७ हजार ७०६ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन, कहाँबाट भर्ने ?

१० बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकको ९७ हजार ७०६ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज शुक्रबार कार्यालय समयसम्म मात्रै सो सेयरमा आवेदन दिने सकिनेछ । बैंकले आफ्नो स्वामित्वमा रहेको नेसनल लाइफ इन्स्योरेन्सको ४७ हजार ७०६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको थियो ।  
लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १४ सय ५५ रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्समा न्यूनतम ४६३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट सो सेयरमा बोलपत्र पेश गर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: