Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एसिया बैंकको ३ लाख ९३ हजार ८०१ कित्ता संस्थापक सेयर बिक्री खुला, यी स्थानबाट भर्न सकिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले आरएमडीसी लघुवित्तको ३ लाख ९३ हजार ८०१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले सो सेयरमा न्यूनतम ४३५ रुपैयाँ भाउ राखेर न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
 
सो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा वैशाख ८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ भने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बोलपत्र बुझाउन सकिनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK