
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मुलुकभर फैलिएको कोभिड-१९ को दोस्रो लहरबाट सिर्जित असहज अवस्थालाई नियन्त्रण गर्न स्थानीय प्रशासनबाट देशका विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी गरेको अवस्थामा यस बैंकले आफ्ना ग्राहकहरूलाई सहज रुपमा बैंकिङ सेवा उपलब्ध गराउनका लागि ‘एकिकृत हेल्प डेक्स’ को सेवा सञ्चालन गरेको छ । यस असहज परिस्थितीमा ग्राहकहरूलाई बैंकले अत्यावश्यक सेवाहरू थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको हो । बैंकको शाखासम्म आउन मुस्किल भएका ग्राहकहरूले बैंकको डिजिटल माध्यमहरू (मोबाइल/इन्टरनेट बैंकिङ, वेबसाइट तथा iServe) को माध्यमबाटै आफूलाई आवश्यक पर्ने अधिकतम बैंकिङ सेवाहरू लिन सक्नेछन् ।
उक्त डिजिटल माध्यमहरूबाट सेवा लिन कठिनाइ भएमा वा सेवा सम्बन्धी गुनासो भएमा वा कुनै जानकारी लिनु परेमा ग्राहक महानुभावहरूले बैंकले खटाएका उक्त सेवा सम्बन्धी विज्ञ अधिकृतहरूलाई सम्पर्क गरी सजिलै एवं यथासिघ्र समाधान पाउन सक्ने छन् । यसका लागि ग्राहकहरूले बैंकको टोल फ्रिनं. १६६०-०१-७७७१ वा सीप लाइन नं. ०१–५९७०१०१ मा सिधै फोन गर्न सक्ने छन् । त्यहाँ उपलब्ध आइभिआर पद्धतिद्वारा ग्राहकहरूले निम्नलिखित सेवाका लागि सम्बन्धित अधिकारीसँग कुरा गर्न सक्नेछन् ।
यस जोखिमका बेला बैंकका सेवा सम्बन्धी जानकारी लिन यो सेवा प्रभावकारी हुने बैंकले विश्वास लिएको छ । केन्द्रीय तहबाट मात्रै ग्राहकहरूको समस्या तथा गुनासाहरू समाधान नहुने वा समय धेरै लाग्न सक्ने कुरालाई मध्यजनर राख्दै बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा समेत बैङ्कको उच्च ओहोदाका कर्मचारीहरु नै अग्रपंतिमा उभिएर ग्राहकहरुको सेवामा सहयोग गर्न निम्नलिखित ग्राहक सहायता केन्द्रको स्थापना गरेको छ ।बैंकले हालसम्म ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङमार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्