×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको ३ लाख ९३ हजार ८०१ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

GLOBAL IME BANK

एनआइसी एसिया बैंकको ३ लाख ९३ हजार ८०१ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

८ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको  ३ लाख ९३ हजार ८०१ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्रै उक्त सेयरमा आवेदन दिने सकिने भएको हो ।  बैंकले आरएमडीसी लघुवित्तको ३ लाख ९३ हजार ८०१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको थियो । 
लगानीकर्ताले सो सेयरमा न्यूनतम ४३५ रुपैयाँ भाउ राखेर न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । सो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बोलपत्र बुझाउन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: