×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया लघुवित्तले गर्यो कमालको प्रगति, नाफामा २४७.९३% छलाङ मार्दा अन्य सूचक पनि उत्साहजनक

PRIME CA

एनआइसी एसिया लघुवित्तले गर्यो कमालको प्रगति, नाफामा २४७.९३% छलाङ मार्दा अन्य सूचक पनि उत्साहजनक

९ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वदेशी लघुवित्तसँगको मर्जरपछि एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४२ करोड ७२ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा २४७.९३% ले बढेको हो । कम्पनीका अधिकाशं सूचक उत्साहजनक छन् । 
कम्पनीको खुद ब्याज आम्दानी २७ करोड ११ लाख ३२ हजार रुपैयाँबाट बढेर ९२ करोड ९८ लाख १८ हजार रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी (वार्षिक) ३२ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै सञ्चालन नाफा पनि २२०.१८% ले बढेर ६२ करोड ४० लाख १३ हजार रुपैयाँ पुगेको छ । 
कर्जा लगानी ११९.७५% ले बढेको छ भने खराब कर्जा ०.३२% बाट बढेर १.४९७% पुगेको छ । चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ पुगेको छ । यस्तै रिजर्भ कोषमा ७९ करोड ५३ लाख २ हजार रुपैयाँ जम्मा भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: