
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएमबि बैंक नेपालमा डिजिटल भुक्तानीको लागी ओम्नि च्यानल भित्र्याउने पहिलो बैंक हो । नयाँ वर्ष २०७८ लाई ग्राहकवर्गसँगै मनाउन बैंकले नयाँ बर्षमा वैशाखको पहिलो हप्ता, जेष्ठको पहिलो हप्ता र असारको पहिलो हप्ताभरी ओम्नि च्यानलमार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने ब्यवस्था गरेको छ ।
प्रत्येक महिनाको पहिलो हप्ता हाम्रा ग्राहकहरुले विभिन्न प्रयोजनका लागी सेवा प्रदायकहरुलाई रकम भुक्तानी गर्नु पर्ने हुन्छ । त्यसैले बैंकले आफ्ना ग्राहकहरूलाई ओम्नि च्यानल (एप वा वेब) प्रयोग गर्न प्रोत्साहन गर्नुको साथै अन्य बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने सुविधाबाट लाभान्वित हुन अनुरोध समेत गरेको छ । विद्यमान परिस्थितिलाई समेत मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकको बैंकिङ सेवा राष्ट्रब्यापी रुपमा डिजिटल बनाउने अभियानमा एनएमबि बैंक अग्रसर हुँदै समुदाय स्तरमा सर्वसाधारण सबैमा मुलधारको बैंकिङ सेवा महशुस गराउने माध्यमको रुपमा आफुलाई उभ्याउदै लगेको छ ।
बैंकले निकट भविष्यमा विभिन्न थप ब्राण्डहरुसँग सहकार्य गर्दै लैजाने जनाएको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को एनएमबि भिसा कार्ड डिस्काउन्टसेक्सनमा गएर प्राप्त गर्न सकिने भएको छ । बैंकले हालसम्म १८० शाखा, १३६ एटीएम, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्