×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंक र एएसजी आँखा अस्पतालबीच सम्झौता, बैंकका ग्राहकले अस्पतालका सेवामा १०% सम्म छुट पाउने

अर्थ सरोकार

प्रकाशित मिति : २२ चैत्र २०७७, आईतवार

PRIME CA

एनएमबि बैंक र एएसजी आँखा अस्पतालबीच सम्झौता, बैंकका ग्राहकले अस्पतालका सेवामा १०% सम्म छुट पाउने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि बैंकका ग्राहकले एएसजी आँखा अस्पतालमा सहुलियत पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीले उक्त अस्पतालबाट उपलब्ध हुने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएका हुन् । सो सम्बन्धी द्विपक्षीय समझदारी भएको छ । समझदारीपत्रमा एनएमबि बैंक र एएसजीका तर्फबाट आधिकारिक व्यक्तित्वहरुले हस्ताक्षर गरेका हुन् ।
उक्त अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्युआर कोड मध्ये कुनै पनि माध्यमबाट ग्राहकहरु तथा कर्मचारीहरुले भुक्तानी गर्दा सर्जरीमा र आँखा सम्बन्धी कुनैपनि सामानको खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउने छ । बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएम, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: