×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द वीरविक्रम शाहको कस्तो छ स्वास्थ्य अवस्था ? नर्भिकले दियो यस्तो जानकारी !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द वीरविक्रम शाहको कस्तो छ स्वास्थ्य अवस्था ? नर्भिकले दियो यस्तो जानकारी !

१४ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना संक्रमित भई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको अस्पताले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह दापत्य शनिवार (बैशाख ११ गते) दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना भएका थिए।
कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतूले पूर्व राजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पताले जनाएको हो । उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालको भनाई छ । उनीहरु तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनीहरु ३ जनामा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: