×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अस्पताल परिसरमा प्लाष्टिक ब्याग प्रयोग गर्न रोक लगाउने नर्भिकको घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अस्पताल परिसरमा प्लाष्टिक ब्याग प्रयोग गर्न रोक लगाउने नर्भिकको घोषणा

Artha Sarokar

१ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल प्लाष्टिक ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने देशकै पहिलो अस्पताल बनेको छ । अस्पतालको २८औं वार्षिकोत्सवको अवसरमा प्रबन्ध निर्देशक मेघा चौधरीले नर्भिक अस्पताल क्षेत्रमा प्लाष्टिक ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेकी हुन् ।
देशका कुनै पनि अस्पतालले आफ्नो परिसरमा प्लाष्टिक ब्याग प्रयोगमा प्रतिबन्ध घोषणा गरेका थिएनन् । वातावरण जोगाउने उद्देश्यले प्लाष्टिक ब्याग प्रयोगमा रोक लगाउने नर्भिक देशकै पहिलो अस्पतालसमेत बनेको प्रबन्ध निर्देशक चौधरीले बताएकी छिन् ।
यो घोषणासँगै अब अस्पताल जाने बिरामी, तिनका आफन्त तथा अन्य भिजिटरहरुले प्लाष्टिक र प्लाष्टिकजन्य ब्याग प्रयोग गर्न पाउने छैनन् । प्लाष्टिक ब्याग बोकेर अस्पताल प्रवेशसमेत गर्न पाइने छैन ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी