×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खाने तेलको मूल्य फेरी बढ्यो !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

खाने तेलको मूल्य फेरी बढ्यो !

१० बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । खाने तेलको मूल्य फेरि बढेको छ । बजारमा खाने तेलको मूल्य अधिकतम २५ रुपैयाँले बढेको पाइएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो समय बजारमा खाने तेलको मूल्य न्यूनतम १० रुपैयाँदेखि अधिकतम २५ रुपैयाँले बढेको हो ।
संघका अनुसार तोरीको तेल प्रतिलिटर १० देखि २५ रुपैयाँले बढेको छ भने सनफ्लावर तेल १५ देखि २० रुपैयाँले बढेको छ भने सोयाबिन (भट्मास) को तेलमा प्रतिलिटर १५ रूपैयाँले वृद्धि भएको छ । बढोत्तरीपछिको मूल्य  तोरीको तेल प्रतिलिटर २५० देखि २८० रुपैयाँ, सनफ्लावर तेल २३० देखि २५० रुपैयाँ र सोयाबिन (भटमास) को तेल प्रतिलिटर २२५ देखि २३५ रुपैयाँ कायम भएको छ ।
यसअघि तोरीको तेल प्रतिलिटर अधिकतम २४० रुपैयाँ, सनफ्लावर तेल २३० रुपैयाँ र भट्मासको तेल २१० रुपैयाँ थियो  पछिल्लो समय नेपाली बजारमा अधिकांश वस्तुको मूल्य बढेको छ । बजारमा  मासु, तरकारी, फलफुल, गेडागुडीलगायतका वस्तुको मूल्य ह्वात्तै बढेको छ । व्यवसायीहरुले मनपरी मूल्य लिँदा सम्बन्धित निकाय भने मौन अवस्थामा बसेका छन् । जसले गर्दा आम उपभोक्ता भनी महँगीको मारमा परेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: