×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँचथरको फालेलुङमा चौंथो चौंरी महोत्सव सम्पन्न (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पाँचथरको फालेलुङमा चौंथो चौंरी महोत्सव सम्पन्न (भिडियो रिपोर्ट)

२ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
पाँचथर । यो वर्षको चौथो चौंरी महोत्सव बुधबार सम्पन्न भएको छ । पाँचथर जिल्लाको फालेलुङमा आयोजना गरिएको चांैरी महोत्सव बुधबार सकिएको हो । यसलाई दक्षिण एशिया क्षेत्रको एक मात्र चौंरी महोत्सव मानिएको छ । उच्च पहाडी क्षेत्रमा पाइने चौंरी र त्यससँग जोडिएको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विगत चार वर्षदेखि चौंरी महोत्सव आयोजना हुँदै आएको छ । 
फालेलुङ क्षेत्र घट्दै गएको र भएको क्षेत्र पनि व्यवस्थित नहुँदा चौंरी पालक किसान घट्दै गएका छन् । यस क्षेत्रका सांसद तथा सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ्ले फालेलुङको चौंरी महोत्सवलाई विश्वभर चिनाउन सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गनुर्भयो ।
फालेलुङमा हरेक वर्ष यो समयमा गोठसारी हुँदै चौंरीहरु आइपुग्छन् । उच्च हिमाली क्षेत्रको आम्दानीको मुख्य श्रोत चौंरीपालन जैविक विविधताको महत्वपूर्ण पक्ष पनि हो । अहिले महोत्सव क्षेत्रमा २१ वटा भन्दा बढी चौंरी गोठ रहेका छन् । यो मेला हेर्न तथा चौंरीबारे जानकारी लिन सीमावर्ति भारत तथा भुटान देखि किसानहरु आउने गरेका छन् । मेलामा चौंरीको दुधबाट बनेका परिकारहरु, भेडा, घोडा समेत राख्ने गरिन्छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: