- अर्थ सरोकार सम्बाददाता
सुनसरी । ४० हजार घुससहित विराटनगरबाट एक प्रहरी जवान पक्राउ परेका छन् । सुनसरीस्थित इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादव ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
उजुरी मिलाइदिने बहानामा घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीबाट खटिएको टोलीले यादवलाई विराटनगर महानगरपालिका-४ नोबेल मेडिकल कलेजको गेट नजिकबाट उक्त रकमसहित पक्राउ गरेको हो ।