Skip to content
LAXMI SUNRISE BANK

विशेष अदालत काठमाडौंमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर, न्यायाधीश कार्कीद्वारा उद्घाटन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिकास्थित–११ विशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । विशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको शुक्रबारदेखि कारोबार सुरु भएको हो। विशेष अदालत परिसरमा अदालतका न्यायाधीश प्रेमराज कार्कीले एक समारोहकाबीच उद्घाटन गरेका हुन् । 
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले बिशेष अदालत काठमाडौंमा पनि आफ्नाे सेवा विस्तार गर्न सफल भएको जनाएको छ । 
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित बिशेष अदालतमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र बिशेष अदालतको काम गर्न सहज र सरल हुने भएको छ। प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK