Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंक, नेपाल औषधी व्यवसायी संघ र लुम्बिनी प्रदेशबीच बैंकिङ साझेदारी, क्यूआर कोड पनि वितरण गरियो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
लुम्बिनी । नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंकबीच बैंकिङ साझेदारी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता चैत २० गते भएको हो । साे सम्झाैता पत्रमा प्रभुका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव शवालीले हक्षर गरेका हुन्।
कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा फाईदाहरु बारे जानकारी गराउँदै औषधी व्यवसायीहरुलाई क्यूआर कोडको वितरण पनि गरे ।
उक्त कार्यक्रमा बोल्दै नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव ज्ञवालीले यस सम्झौताले आगामी दिनमा बैंक तथा ब्यवसायी विच सुमधुर सम्बन्ध हुनुका साथै व्यवसाय विस्तार तथा प्रबद्र्घनमा उल्लेख्य टेवा पुग्ने कुरा बताए । प्रभु बैंकका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल रानाले बैंकका विभिन्न सेवा सुविधाहरुको बारेमा प्रष्ट पारे ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK