×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको नाफामा ४४.०८% को बढोत्तरी, वितरणयोग्य नाफा १ अर्ब ५९ करोड हुँदा प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

प्रभु बैंकको नाफामा ४४.०८% को बढोत्तरी, वितरणयोग्य नाफा १ अर्ब ५९ करोड हुँदा प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले खुद नाफा ४४.०८% वृद्धि गरी २ अर्ब १० करोड ९६ लाख रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८६ पैसाले बढेर २४ रुपैयाँ ७९ पैसा पुगेको छ ।
यस्तै बैंकले १ खर्ब ६३ अर्ब ७८ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब ३० करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जसबाट बैंकले ३ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ३ अर्ब ५ करोड ६४ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा पनि १ अर्ब ५९ करोड ३९ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा ७७ करोड ४९ लाख रहेको रहेको थियो । हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: