×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार प्रि ओपनिङ सेसनमा नेप्से ऐतिहासिक उचाइमा, १ करोड १० लाखमाथिको कारोबार

PRIME CA
GLOBAL IME BANK

आइतबार प्रि ओपनिङ सेसनमा नेप्से ऐतिहासिक उचाइमा, १ करोड १० लाखमाथिको कारोबार

२२ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबार पहिलो दिन आइतबार प्रि ओपनिङ सेसनमा नेप्से बढेको छ । प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक २६.४१ अंकले बढेर २६५८.३१ बिन्दुमा पुगेको छ । जससंगै नेप्सेमा हरियाली छाएको छ ।
आइतबार कायम भएको यो बिन्दु हालसम्मकै उच्च बिन्दु हो । आज प्रि ओपनिङ सेसनमा ७३ कम्पनीको १२ हजार ४६९ कित्ता सेयर १ करोड १० लाख १४ हजार ६३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका ७३ कम्पनीमध्ये ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । यस्तै १२ कम्पनीको सेयर मूल्य स्थिर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: