×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंक लिमिटेडको डिबेन्चर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिङ्ग नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्राइम कमर्सियल बैंक लिमिटेडको डिबेन्चर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिङ्ग नियुक्त

Artha Sarokar

९ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडको डिबेन्चर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको २६ गतेको निर्णय अनुसार डिबेन्चर कारोबार सम्बन्धि अभिलेख राख्ने,दाखिल खारेज,नामसारी,रोक्का राख्नेलगायत डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नको आरविवि मर्चेन्ट बैंकिङ्गलाई डिबेन्चर रजिष्ट्रार नियुक्त गरिएको हो । 
बैंकको डिबेन्चर रजिष्ट्रार अन्तर्गतको सम्पुर्ण कार्यहरु अब आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडमार्फत हुनेछन् । ९गते उक्त डिबेन्चर रजिष्ट्रार सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए ।
आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेकोर नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकिङ्ग लिमिटेड हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी