×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांश वितरण गर्ने मुख्य एजेन्डासहित प्रुडेन्सियल इन्स्योरेन्सले जेठ २ गते बोलायो वार्षिक साधारणसभा

GLOBAL IME BANK

लाभांश वितरण गर्ने मुख्य एजेन्डासहित प्रुडेन्सियल इन्स्योरेन्सले जेठ २ गते बोलायो वार्षिक साधारणसभा

१० बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले जेठ २ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा होटल इच्छा सिमरामा बिहान ११ बजेदेखि हुने भएको हो । कम्पनीले सभामा गत वर्षको नाफाबाट ८% बोनस सेयर र कर प्रयोजनको लागि ०.४२% नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ । 
यस्तै बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा संस्थापक सेयरधनीको हिस्सा ५१% र सर्वसाधाण सेयरधनीको हिस्सा ४९% पुर्याउने एजेन्डा पनि छ । साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेबारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि छ । सभा प्रयोजनको लागि वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: