×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वसन्त ऋतुको आगमनसँगै रसुवामा पर्यटकको चहलपहल बढ्दै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

वसन्त ऋतुको आगमनसँगै रसुवामा पर्यटकको चहलपहल बढ्दै

२८ चैत्र २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रसुवा । वसन्तऋतुको आगमनसँगै हिमाली प्राकृतिक छटाको अवलोकनका लागि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् । लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गबाट नजिकै देखिने हिमाल, प्राकृतिक छटा, लालिगुराँसका फुल, परम्परागत वेशभूषा तथा पदमार्गकै छेउमा पाइने चराचुरूङ्गी अवलोकनको उपयुक्त समय भएकाले पर्यटकको आगमन बढ्न थालेको हो । पदयात्राको लागि दैनिकजसो सरदरमा २०/२५ जना आन्तरिक पर्यटकको आगमन भइरहेको र आगन्तुकमा प्रायजसो युवा देखिएको प्रहरीले जनाएको छ । चिसोले पुस तथा माघ महिनामा जमेको पवित्र तीर्थ गोसाइँकुण्ड दहको पानी यथास्थानमा परिणत भइ स्नान गर्न सहज वातावरण भइसकेकाले गोसाइँकुण्डतर्फ बढी मात्रामा पर्यटक केन्द्रित हुनथालेका छन् ।
भगवान शङ्कर विराजमान रहनुभएको र कुण्डमाथीका अग्ला हिमालले थप मनमोहक बनाउने भएका कारण नेपाली मात्र होइन विदेशी पर्यटकको भ्रमण गोसाइँकुण्डतर्फ हुनथालेको छ । विदेशी पर्यटकको हिमाली पदयात्राको पहिलो रोजाइ गोसाइँकुण्ड रहेको पथप्रर्दशक राजु गुरूङले जानकारी दिनुभयो । एक वर्षपछि पहिलो पटक गोसाइँकुण्ड आएका रुसी पर्यटकको समूह धुञ्चेमा भेटिएपछि फोटो खिच्नेको लर्को लागेको थियो । गत हप्ता ती पर्यटक गोसाइँकुण्ड गएका थिए । उनीहरूलाई पिसीआर परीक्षण गराइ भ्रमणमा ल्याएको बताउँदै नेपाल कैलास ट्रेकका प्रबन्धक मैपी गुरूङले आगामी दिनमा पनि भ्रमणका लागि विदेशी पर्यटकले बुकिङ गर्न थालीसकेको जानकारी दिनुभयो ।
धार्मिक यात्रु एवं पर्यटकलाई सर्वसुलभ तबरले खान बस्ने व्यवस्था मिलाउन लाङ्टाङ राष्ट्रिय निकुञ्जले होटल तथा लजमा खाना बस्नको लागि शुल्क निर्धारण गरीसकेको, सुरक्षाका लागि आवश्यक स्थानमा पर्यटक प्रहरी र नेपाल प्रहरी परिचालन भइरहेको र रसुवाको भ्रमणमा खान बस्न कुनै समस्या नपर्ने होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष रामशरण गजुरेलले जानकारी दिनुभयो । नेपालको तेस्रो गन्तव्य मानीएको लाङ्टाङ पदमार्गमा पनि थोर बहुत पर्यटक ओहरदोहर भइरहेको र पर्यटकको आगमन सङ्ख्या बढ्ने अपेक्षाका साथ पदमार्गका सबै होटल सञ्चालनमा आइसकेको होटल व्यवसायी सङ्घले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: