
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी अस्पतालको ३७औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई क्युआर कोड र पिआएस मेसिन हस्तान्तरण गरेको छ । प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीको समुपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरिक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा.आशा सिंहलाई उक्त समारोहमा बिहिबार क्युआर कोड र पिआएस मेसिन हस्तान्तरण गरेका हुन् ।
प्रहरी अस्पतालमा उपचार गर्न आउने सेग्राहीहरुले नगदको सट्टा विद्युतीय भुक्तानीका साधन क्युआर कोड र पिआएस मेसिनबाट भुक्तानी गर्न सक्नेछन् । सो समारोहमा प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीले राष्ट्रिय वाणिज्य बैंकले यसअघि पनि मानवता सम्बन्धि पुनित कार्यमा रक्तसंचार केन्द्र निर्माण गर्न प्रहरी अस्पतालाई सहयोग गरेकोमा आभार व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आधुनिक बैंकिङ्ग सेवा दिन बैंक संधै तत्पर रहेको र स्वास्थ्य उपचारको लागि सेवाग्राहीहरुले अब नगद बाकेर हिड्नु नपर्ने जानकारी दिए ।
वि.स. २०४० सालबाट सुरु भएको नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरु तथा सर्वसाधारण नागरिकको उपचार गरिरहेको छ । कार्यकममा पूर्व प्रहरी महानिरिक्षकहरु, अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरु, उच्च प्रहरी अधिकृतहरु, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, विभागीय प्रमुख सरोज बस्नेत, प्रहरी कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्