- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’द्वारा विभूषित भएका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६-०५-३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा सम्माननीय राष्ट्रपतिले विभूषण प्रदान गर्ने घोषणा भएकोमा मिति २०७७-१२-२७ मा राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच सम्माननीय राष्ट्रपतिले न्यौपानेलाई उक्त विभूषण प्रदान गरेकी हुन् ।
सोही विशेष समारोहकाबीच राष्ट्रपतिले बैंकका सहायक महाप्रबन्धक श्री रन्जन खड्काज्यूलाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरेकी छिन् । न्यौपाने र खड्का दुवैजना यसअघि पनि राष्ट्रपतिबाट विभूषित भएका थिए ।