
- अर्थ सरोकार सम्बाददाता
बुटवल । निषेधाज्ञाको अवज्ञा गर्ने तीन जना एक महिनाका लागि कारागार चलान भएका छन् । प्रहरीले रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्ने तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहरीले ७ जना पुरुषसहित् ८ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएकाहरुले प्रहरीसँग विवाद पनि गरेका थिए ।
जसमा उनीहरुलाई जरिवाना गरिएको थियो । प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका ३ जना भने कारागार चलान भएका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको मायादेवी गाउँपालिका–४ का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार कारागार चलान भएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्