×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रु रु जलविद्युतको आईपीओ ९ लाख ३५ हजार ४८७ जनाले भरे, कहिलेसम्म पाइन्छ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रु रु जलविद्युत परियोजनाको आईपीओमा ९ लाख ३५ हजार ४८७ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा आइतबार साँझ ५ बजेसम्म ९ लाख ३५ हजार ४८७ जनाले आवेदकले १ करोड ३६ लाख ४५ हजार ६७० कित्ताका लागि आवेदन दिएका हुन् । तेस्रो दिनसम्म मागभन्दा ३५.९९ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि छुट्याएको कुल ४ लाख ७ हजार ७०६ कित्तामध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । स्थानियमा न्यूनतम अंकित मूल्य १०० मै आईपीओ जारी गरेको कम्पनीले सर्वसाधारणमा भने प्रिमियम मूल्यसहित आईपीओ बिक्री गरेको हो । 
कम्पनीले अंकित मूल्य १०० मा रू. २० प्रिमियम थप गरी प्रतिकित्ता रू. १२० मा सर्वसाधारणलाई आईपीओ विक्री गर्न गरेको हो । यो आईपीओ छिटोमा चैत २४ गते र ढिलोमा वैशाख ३ गतेसम्म बीक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिसम्म मात्र बिक्रीमा रहने कम्पनीको भनाइ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: