
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । हालै मात्र साधारण शेयर निष्काशन सम्पन्न गरेको रु रु जलविद्युत परियोजनाले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिष्ट्रार नियुक्त गरेको छ । मिति बैशाख ५ गते आइतबार रु रु जलविद्युत परियोजना लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागु हुने समेत जनाईएको छ ।
रु रु जलविद्युत परियोजनाका तर्फबाट कम्पनीका अध्यक्ष शिष सुवेदी तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फ बाट नायव प्रमुख कार्यकारी अधिकृत, मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रम एक समारोहकाबीच रु रु जलविद्युत परियोजनाको केन्द्रिय कार्यालय हत्तिसार काठमाण्डौंमा सम्पन्न भएको छ ।
रु रु जलविद्युत परियोजना लिमिटेड, कम्पनी ऐन, २०६३ अन्र्तगत दर्ता भएको कम्पनी हो । यस परियोजनाले मार्च २०१५ बाट विद्युत उत्पादन गर्दै आइरहेको छ । रु रु जलविद्युत परियोजना लिमिटेडसहित एनआईबिएल एस क्यापिटल लिमिटेड शेयर रजिष्ट्रार रहेको कम्पनीहरुको सङ्ख्या ४७ पुगेको जानकारी गराइन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्