×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK ltd

रु रु जलविद्युतको आईपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन, हालसम्म १४ लाख ४२ हजार ७४९ जनाले दिए आवेदन !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रु रु जलविद्युत परियोजनाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म आवेदन दिने सकिने कम्पनीले जनाएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आज मंगलबार बिहानसम्म कम्पनीको आईपीओमा १४ लाख ४२ हजार ७४९ जनाले आवेदन दिएका छन् । आवेदन दिएका आवेदककर्ताहरुले २ करोड ३ लाख ९७ हजार ६२० कित्ताका लागी २ अर्ब ३० करोड ९७ लाख ६२ हजार रुपैयाँ संकलन भएको छ ।
रु रुले गत शुक्रबारदेखि १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गरेको थियो । जसमा २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: