
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–७ साँखु स्थित महादेवस्थानमा सहकारी चोरी भएको छ । लावण्य बचत तथा ऋण सहकारीको ताला फुटाएर लाखौँ लाख चोरी भएको सहकारीका सञ्चालकले दावी गरेका छन् ।
सहकारी चोरी भएको भन्दै संचालकले मंगलबार बिहान प्रहरीलाई खबर गरेका थिए । मुल ढोकाको ताला फोडेको भेटिएको छ । चोरी अलि फिल्मी शैलीकै देखिएको छ । कार्टुनमा प्याक गरेको केही नगद र ल्यापटप त्यतिकै छाडिएको देखिनु र सहकारीमा सीसीटिभी नहुनुले चोरीबारे शंका गर्न सक्ने प्रशस्तै ठाउँहरु छन्।
तर सहकारीमा सिसिटिभी नराखिएको स्थितिमा सो रकम सहकारीका संचालकले नै लुकाए कि साच्चै चोरी भयो भन्ने विषयमा भने शंका उब्जिएको छ । पछिल्लो समय सामान्य कार्यालयमा पनि सीसीटिभी राख्ने प्रचलन भएपनि सहकारीमा भने सीसीटिभी राखिएको छैन ।
सीसीटिभी नाराखिनुले चोर संचालक वरपरकै मान्छे हो भन्ने पनि शंका गरिएको छ । चोरीबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेशकुमार बस्नेतले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्