
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार वैशाख २ गतेदेखि हुने भएको छ । यी लघुवित्तले समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन । यी दुई लघुवित्त १००ः८० सेयर दिने सहमति बमोजिम मर्जरमा गएका हुन । कम्पनीको पुस १४ गते सम्पन्न छुट्टाछुट्टै बार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
नेपाल राष्ट्र बैंकबाट चैत १० गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट चैत १९ गते मर्जरका लागि अन्तिम स्वीकृति पाएका यी कम्पनीहरुले समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन । मर्जरपश्चात बनेको समता घरेलु लघुवित्तको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका वार्ड नं. ८ , काभ्रेपलाञ्चोकमा रहने जानकारी कम्पनीले गराएको छ । एकिकृत कारोबारका लागि डाटा माइग्रेसन प्रयोजनार्थ चैत ३१ गते यी दुबै वित्तीय संस्थाको सम्पूर्ण सेवा बन्द हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्