Skip to content
LAXMI SUNRISE BANK

समता घरेलु लघुवित्त वित्तीय संस्थाद्वारा बीमा दाबी रकम भुक्तानी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
बारा । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय आदर्शकोतवाल, बाराले बीमा दावी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला मौलापर नगरपालिका वडा नं. ०९ सोनरनिया का केन्द्र नं. २० कि सदस्य रिता देवीको श्रीमान नन्दलाल साह कानुको मृत्यूपश्चात निज सदस्य रिता देवीलाई बीमाको क्षतिपुर्ति रकम उपलब्ध गराईएको हो ।
सदस्यको श्रीमानको मृत्यू श्चात संस्थाको नियमानुसार बीमा अन्तर्गत दिइने काजक्रिया खर्च रु. ५ हजार बराबरको काजक्रिया खर्च रकम संस्थाका शाखा प्रबन्धक कुनदन प्रसाद कुशवाहाद्घारा निज सदस्य रिता देवीलाई एकमुष्ट भुक्तानी गरिएको छ । संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । 
दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपल्वध गराईदिएको भन्दै केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका छन । उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फाबाट शाखा प्रबन्धक कुनदन प्रसाद कुशवाहा र सो केन्द्रका केन्द्र संचालक जिनिश राय यादबको उपस्थिति रहेको थियो भने केन्द्रका सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK