×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सले आइएमई मोटर्सका गाडी किन्न सहुलियपूर्ण कर्जा दिने, भयो सम्झौता

GLOBAL IME BANK

समृद्धि फाइनान्सले आइएमई मोटर्सका गाडी किन्न सहुलियपूर्ण कर्जा दिने, भयो सम्झौता

२४ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइएमई मोटर्सका गाडि किन्न समृद्धि फाइनान्सले सहुलियपूर्ण कर्जा दिने भएको छ । सो सम्बन्धी आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. र समृद्धि फाइनान्सबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त पत्रमा आइएमई मोटर्सको तर्फबाट कम्पनीका निर्देशक सुमन पोखरेल र समृद्धि फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले समृद्धि फाइनान्सबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 
यसै अनुरुप फाइनान्सको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा विक्री वितरण गरिएका दोस्त मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि कम्तिमा खरिद मूल्यको ७० प्रतिशतसम्मको सहुलियत पूर्ण सवारी कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ । अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले समृद्धि फाइनान्सको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: