
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सामसङले आफ्नो नयाँ वर्षको योजना अनुसार एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बार फोन अर्थात फिचर फोन नयाँ फोरजी चल्ने स्मार्ट फोनसँग साट्न सक्ने योजना ल्याएको छ । डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म १ जीबीका दरले एनसेल डेटा पाउँनेछन् । सामसङलको तर्फबाट ग्राहकले नयाँ फोरजी चल्ने स्मार्ट फोन पाउँनेछन् ।
नयाँ वर्ष योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्याउने सामसङको प्रतिवद्धता अनुरुप ल्याइएको हो । यससँगै ग्राहकले उत्कृष्ट स्मार्ट फोनको अनुभव लिँदै असीमित डिजिटल सम्भावनाहरुसँग आफुलाई जोड्न सक्छन् । एनसेलको डेटासँग बन्डल गरी ल्याइएको यस योजनाले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ग्राहकको जीवनमा उत्साह एवं खुसी थप्ने विश्वास सामसङले लिएको छ । यस एक्सचेन्ज योजनामा ग्राहकले सामसङको ग्यालेक्सीएम०१ कोर र ग्यालेक्सीएम०२ स्मार्ट फोन लिन सक्नेछन् । यो योजना २०७८ वैशाख १ देखि सीमित अवधिसम्मका लागि संचालनमा रहने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्