×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकले ७ लाख ५० हजार इकाई ऋणपत्र बिक्री गर्ने, नेपाल धितोपत्र बोर्डले दियो निष्काशनको अनुमति

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई प्रतिइकाई १ हजार रुपैयाँको दरमा ७ लाख ५० हजार इकाई ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो।
कुल ७ लाख ५० हजार इकाईमध्ये ३ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी ४ लाख ५० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ-संस्थालाई बिक्री गर्नेछ । ऋणपत्र बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नितुकता गरिएको छ । 
बैंकको सो ऋणपत्रमा वार्षिक ९% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर ‘२०८७’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: