×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकले दियो कर्मचारीहरुलाई २ दिने अभिमुखीकरण तथा बैंकिङ तालिम

PRIME CA

सांग्रिला डेभलपमेन्ट बैंकले दियो कर्मचारीहरुलाई २ दिने अभिमुखीकरण तथा बैंकिङ तालिम

८ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना कर्मचारीहरुका लागि २ दिने अभिमुखीकरण तथा बैंकिङ तालिम प्रदान गरेको छ । बैशाख ५ र ६ गते बैंकका विभिन्न विभाग र शाखाका कर्मचारीहरुलाई त्यस्तो तालिम प्रदान गरिएको हो ।
कर्मचारीहरुलाई बैंकसम्बन्धी कामहरु तथा नीति–नियमको बारेमा जानकारी दिने, सिकाउने तथा अभिमुखीकरण गराउने उद्देश्यले तालिम दिइएको बैंकले जनाएको छ । दुईदिने कार्यक्रमको समापनको अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले कर्मचारीहरुलाई हौसला प्रदान गर्नुका साथै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयम्को तथा बैंकको दिगो विकासमा योगदान हुने बताए ।
 
यस्तै उनले यस्ता कार्यक्रमहरुले कर्मचारीको सीप बिकास तथा आत्मविश्वासमा बृद्घि गर्ने भएकोले यस्ता तालिम कार्यक्रमहरु निकट भविष्यमा पनि आयोजना गरिने जानकारी दिए । काठमाडौंको बालवाटारमा सो कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा सहभागी कर्मचारीहरुले उक्त तालिमबाट काम गर्ने हौसला प्राप्त भएको बताएका थिए । बैंकले देशभर ९५ शाखा कार्यालयहरु, ३१ एटिएममार्फत सेवा दिंदै आइरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: