Skip to content
LAXMI SUNRISE BANK

सानिमा बैंकले ल्यायो व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा, यस्तो छ प्रक्रिया

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा बैंकले विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ । सानिमा बैंकको ग्राहकहरुले बैंकको वेबसाइटमा लगइन गरी ‘अनलाइन केवाईसी अपडेट’मा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्नेछन् ।
यद्यपी मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहकहरुले आफुलाई पायक पर्ने शाखामा सम्पर्क राख्नु पर्ने बैंकले जानकारी दिएकाे छ । बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा एटिएम संचालनमा रहेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK